यो UnicodeNepali.com को नयाँ संस्करण (मुख्य संस्करण ४.०) हो । मैले यो प्रोजेक्टलाई सन् २००५ मा एउटा सप्ताहन्तको कम्प्युटर साईन्स परिक्षणको रुपमा शुरु गरेको हुँ ।
सन् २००६ को शुरुमा युनिकोड नेपाली कन्भर्टर को पहिलो संस्करण सार्वजनिक प्रयोगको लागि निकलिएको हो । त्यसबेला देखी धेरै नै संस्करणहरु प्रकाशित गरियो र अहिले संसार भरिबाट
नेपाली भाषाका पारखीहरुले यो सफ्टवेरलाई दैनिक प्रयोग गर्दछन् ।
यस सफ्टवेरको यो संस्करणमा बिभिन्न महत्वपुर्ण विशेषताहरु समाबेश गरिएको छ । ती मध्ये केही यस प्रकार छन्:
- बिस्तारो ईन्टरनेट कनेक्सन (जस्तो डायल-अप) हुने प्रयोगकर्ता हरुको लागि: कम-ब्यान्डवीड्थ बिधी;
- नेपाली र ईंग्लिश दुबै भाषा मा सफ्टवेरको चलाउन मिल्ने; एवं
- अरु किबोर्ड ढाँचा (जस्तै परम्परागत--टाईपराईटर वा मदन पुरस्कार रोमनाइज्ड) पनि प्रयोग गर्न मिल्ने
यो प्रोजेक्टमा काम गर्नु आत्मसन्तुष्टी को हिसाबले जती प्रतिफलपूर्ण छ, यसका लागि समय निकाल्नु उतिनै चुनौतिपूर्ण भएको छ । त्यसैले अझै बढी स्वचालित बनाउन मैले यस प्रोजेक्टको मूल ढाँचालाई पनि परिवर्तन गरेको छु ।
अब जसले पनि यो कन्भर्टर को डेटाबेसमा समावेश को लागि शब्द सुझाब गर्न सक्नुहुन्छ । त्यस्तै, सुझाब गरिएका शब्दहरुमा मतदान पनि गर्न सक्नुहुन्छ । कुनै एक शब्दको समर्थनमा पर्याप्त मतहरु प्राप्त भएपछी, उक्त शब्द स्वत: डेटाबेसमा प्रकाशित हुन्छ र तत्कालै कन्भर्टरमा उपलब्ध हुन्छ ।
यदि कुनै प्रश्न भए वा मद्घत चाहिएमा कृपया प्रयोगकर्ताहरुको समुहमा जानुहोला:
http://groups.google.com/group/unicodenepali. आफ्ना प्रश्नहरुलाई त्यहाँ सोध्न सक्नुहुन्छ ।
त्यस्तै, कन्भर्टरको पुरानो भर्सन प्रयोग गर्न चाहनुहुन्छ भने, यहाँ पाउनुहुने छ ।
यो प्रोजेक्ट मा यहाँलाई पुन: स्वागत छ, र सहयोग को लागि धन्यवाद ।
-- दीपक खनाल